Friday 5 July 2013

देश

बन्द गरेरै बाच्ने यो देशमा
मुलुक भत्काउनेहरुको भेषमा
आउ तिमी एउटा ढुंगा बोकेर
म साथ दिन्छु ईटले रिस पोखेर
यसरी नै देश बनाउ
नेपालमा आगो लगाउ

गल्ली गल्लीबाट भरैटे बोलाउ
बिकास र निर्माणको अस्तु सेलाउ
गर कत्ति गर्नु छ अत्यचार
सोझा जनता गर्दैनन् बिचार
यसरी नै देश बनाउ
नेपालमा आगो लगाउ

चुनाबको नाममा कुर्सीमा चढ्नु
सिंहदरबार पुगेर आँफैमा लडेनु
देशको बिकास गरेर कसले के पाको छ र
भन बरु मैले मात्र देशको नुन खाको छ र
यसरी नै देश बनाउ
नेपालमा आगो लगाउ

गाँउ गाँउका गोठाला संसद भबन छिराउ
ठुला ठुला उधोगीलाई चन्दा भत्त तिराउ
जनता अध्यारोमा हुन तिम्रो बत्ती बलेकै छ
पखालाले जनता मरुन तिम्रो घर चलेका छ
यसरी नै देश बनाउ
नेपालमा आगो लगाउ

रावण,सकुनी र मैसासुर भुल्ने काम गर
कमीसन आउने ठाउमा आफै अघि सर
बिदेशी अनुदानले पोल्टो भरी खाएकै छौ
सात जुनि पुग्ने धन जम्मा गर्न पाएकै छौ
यसरी नै देश बनाउ
नेपालमा आगो लगाउ

No comments:

Post a Comment