Friday 5 July 2013

पिल्सिएको आत्मा




"नयन, तिमि कहाँ गको थियौ?", शालु भन्दै थिँ |म बजार जादा पनि उनको मन मा अनेक आसंका उब्जिएको रहेछ |
" थाहा छ नयन मा तिमि लै एक्लो छोडेर
जादैछु यो पापी संसारमा तिमी मलाई नबिर्स ल मोले बिर्सिए पनि | मलाई त भगवानले स्वार्थी बनायो तर तिमी त मा जस्तो छैनौ नि है |" शालु मलाई उसको मनमा उठेको तरङ्गहरु सुनाउदै थि| तर मलाई यसले मन्द बिष बनेर गलाउदै लैजादै थियो | " चुप लाग त शालु के बोलेको? तिमीलाई के हुन्छ र मा हुन्जेल?", मेरा लाचार शब्दले उनलाई जिस्कौदै थियो तर केवल बाहिर मात्र भित्र त म पनि आसु भक्कानिएर पिल्सिएको थिए | "ल अब तिमी घर जाऊ बाबा ममी तिमीलाई खोज्दै हुनु हुन्छ होला ",शालु लाई सम्झाउदै भने | ममी पनि कराउदै आउनु भयो," को हो नयन ? को सग बोलेको? " "शालु आकी थिँ अहिले भखरै गई", मैले जबाफ दिए | " त्यो केटी को पछी नलाग गई मैले भन्देको छ | कुन बेला मर्छे थाहा छैन , तेस्तो सग बिहे गरेर कति दिन खुसि हुन्छस?" दुख माथिको चट्याङ्ग बनेर आएको ममीको यो शब्द काट्ने म सग कुनै हतियार थिएन ,त्यसैले बाबा सग कुरो गर्छु भन्दै म घर भित्र पसे | के एउटी काल को मुखमा परेकी केटीलाई मैले माया गर्न हुदैन र? यस्तै कुरो मेरो मन मा खेली रहयो | अचानक मनमा बाढी आए जस्तो भयो ,"होइन आज बाबा चाही कहाँ जानु भयो?" उताबाट ममी आउनु हुदै थियो | मैले हतार हतार सोधे ,"बाबा कता जानु भयो ममी?" "खोइको बिरामी भएर अस्पताल जानु भाको छ रे किन बाबु बिना खान रुच्दैना तेरो?" ममीले जिस्किदै भानु भयो | "को बिरामी भयो?" मलाई कता कता डर लाग्यो कतै शालु त.....?" " होइन होइन तेरी शालुलाई केहि भाको छैन खुब के के न भाको जस्तो | होइन आज भोलिका केटा केटी के भाका बाबु आमाको मतलब छैन खुब तरुनीको पो ध्यान दिन्छन |", ममी फत्फतौदै गोठ तिर लाग्नु भयो |


"ममी बाबा राती आउनु भएन?", घामको किरणले चिर्दै गरेको बिहानीसगैको मेरो अन्जनताले ममीलाई खासै प्रभाब परेन | ममीले सहज रुपमा भन्नु भयो " अह ! आज आउनु हुन्छ होला |"
"साच्चै कसलाई के भाको रैछा त?", ममी को उत्तर झर्न नपाउदै मैले सोधे |
"हरे राम दाजु भिर बाट खस्नु भयो रे "
"शालुको बुबा?", म अड्किए | मुख सुकेर आयो |
धड्कन बढ्न थाल्यो अनि झटपट सोधे ," कस्तो छ अहिले काकालाई?"
ममीले अन्जन मुहार देखाउदै आफ्नो काममा लाग्नु भो र भन्दै हुन्थ्यो ," चिन्ता नगर केहि हुदैन |" सहानुभूतिको शब्दले मलाई सिटामोल को काम गरेन सायद मिति सकिएको सिटामोल रहेछ | हतार गर्दै बाबा आइपुग्नु भयो र मैले सोधे ," बाबा कस्तो छ काकालाई? "
बाबा को मुहार को निरासा र त्यो खुइले सबै उत्तर दियो मलाई ...............|
अब लाग्न थाल्यो म माथि कुनै बज्रपात पर्यो, होस हराए जस्तो लाग्न थाल्यो | सायद यो मेरो शालु माथीको माया पो थियो कि


"नरोउ शालु म छु नि ", मेरो मुखबाट अनायासै सहनुभुतीका शब्दहरु बगिरहेका थिए | लाग्दै थियो आज मैले आफ्नै परिवारको कसैलाई गुमाएको छु | बाबु को माया कति हुन्छ सायद मैले त्यस बेला मात्रै बुझेको थिए | शालु अब त बाबा खस्
नु भएको पनि १ महिना हुन लाग्यो तिमिले नै यसरी आफ्नो अवस्था बिगारेर बस्यौ भने काकीको झन हाल कस्तो होला ?" मेला पातमा अब शालु र मेरो यस्तै कुरा हुन्थे उ रोहिरहंथी म सम्झाई रहन्थे यसरी नै हाम्रो दैनिकी बित्ना थाल्यो | बिस्तारै बिस्तारै हामी एक अर्काको मायामा गसिदै थियौ तर ममी को त्यो तगारो कायम नै थियो, बाबा भने मेरै कुरोलाई सहि मान्नु हुन्थ्यो | दसैँ आयो तिहार आयो तर मेरी शालुलाई न मलाई हामीलाई त्यसले छुन सकेन |
"शालु तिमिलाई आजको हट न्युज थाहा छ ? "
"कस्तो हट न्युज नयन? "
"परीक्षाको समय तालिका आयो नि "
"११ को? ला ....... मलाई त केहि आउदैन कसरी परीक्षा दिनु? "
"हे के डराको म पनि तिमी जस्तै फेल हुने त हो नि "
"भयौको भन्दा तिमी फेल झुट बोल्न नखोज न "
यस्तै यस्तै कुराकानी हुदा हुदै परिक्षा पनि आयो दुवैले राम्रैसग परिक्षा दियौ तर अन्तिम दिन लेखा शास्त्रको परिक्षा दिएर बाहिर आउदा शालु थिनन् |साथी हरु लाई सोद्दा थाहा भयो उनि त अगाडी नै निस्किएर गैछिन् | "ठिकै छ आज एक्लै हिड्नु पर्ने भयो", आफै सग गफ गर्दै अगाडी बढिरहेको थिए तर कसैले मलाई पछाडी बाट बोलायो |
ए राम पो रहेछ , " के भयो राम किन चिच्याको "
"शालु खोइ?"
" खोइ शालुलाई आज के भयो छोडेर गैछे"
"तलाई थाहा छ आज त शालु रुदै निस्की नि क्लासबाट "
"साच्चै? किन के भएछ " छक्क पर्दै सोधे
" खोइ त्यो त मलाई नि थाहा छैन, म त तलाई थाहा होला भन्दै थिए ", उसले जबाफ फर्कायो |
हतार गर्दै उसको घरमा पुगेर काकीलाई सोधे तर शालु त घरमा पनि छैन होइन कहाँ गैछ |साझमा काकी चिच्याउदै आउनु भयो " नयन, शालु त घर आकै छैन हेर न कहाँ गइ होला |"

अचानक मोबाइल बज्न थाल्यो,"हेल्लो " डराउदै फोन उठाए |
"भाई शालुलाई चिन्छौ?"
ठुलो र धोद्रो स्वरले कता कता मनमा चिसो पस्दै थियो |
अक्मकौदै भने,"चिन्छु, किन?"
"बहिनी अहिले हस्पिटलमा छिन चाडो आउनुस| "
"ला के भयो शालुलाई" सायद फोन काट्टी सकेको थियो |
"काकी शालु हस्पिटलमा छे रे जाऊ छिटो" हात पाउ गलेर पनि मुख चल्दै थियो मेरो | थाहा भएन कसरी हस्पिटल पुगेछु , उसको लागि त हस्पिटल जानु मामा घर बराबर थियो सधै जानु पर्ने तर मलाई धेरै गार्हो लाग्थ्यो |
त्यतिकैमा पुलिस दाजुहरु आउनु भयो,"के बिराम थियो नानीलाई?"
बोल्न नि गार्हो मान्दै भने ,"मुटुको नशा फुटेको थियो तर कहाँ भेट्नु भयो हजुरहरुले ?"
"परिक्षा दिएर रुदै निस्किन र बाहिर आएर एक्कासी ढलिन अनि हामीले ल्याएको |"
"रुदै? किन के भएको थियो र?"
"साथीले परिक्षामा कपी हेरेछ, अनि किन देखाइस भनेर सर निकल्दिनु भएछ |"
"खादै नखाको बिषले मार्छ भन्थे हो रैछ बिचारी मेरी शालुले साहना सकिन होलि |"
"आफै भित्र बर्बरौदै रुदै थिए म, काकी त झन् बेहोसी हुनु भएछ "
बाबा र मम्मी पनि आइपुग्नु भयो |
डाक्टरले एक जनालाई भित्र आउन इशारा गरे|
"बाबा जानु तपाई"
मेरो अनुरोध मानेर बाबा जानु भयो |
बाबाको साथ शालुको लास?
.
.
.
.
.
.
.
सायद बेहोस भएछु उठ्दा घरमा थिए, सानो भाई छेउ मा थियो | म उठे पछि भाईले भन्यो दादा दादा शालु दिदि र काकी त भगवानको घर जानु भो त | शालुको लाश देखेर काकी पनि खस्नु भएछ अनि म पनि ढलेछु |
"शालु तिमि सगै मेरो खुसि र एउटा सिंगो परिवार लाग्यौ है,साच्चै कति स्वार्थी रहिछौ तिमि त मलाई एक्लो बनाएर गयौ | " मेरा बेदनाहरु पोखिदै थिए आफै भित्र अनि पोल्दै थिए आफ्नै मन रोदन रुपी आगोले| अनि बोल्दै थिए, "तिम्रै यादमा जलेरै बाच्छु शालु जति बाच्छु ............................"
.
.
.
.
(सायद आफ्नो मान्छे आफैबाट छुटेर जादा को पिडा पो हो कि यो ? के साँच्चो माया भनेको यहि हो त ?)

No comments:

Post a Comment