Friday, 5 July 2013

पिल्सिएको आत्मा




"नयन, तिमि कहाँ गको थियौ?", शालु भन्दै थिँ |म बजार जादा पनि उनको मन मा अनेक आसंका उब्जिएको रहेछ |
" थाहा छ नयन मा तिमि लै एक्लो छोडेर
जादैछु यो पापी संसारमा तिमी मलाई नबिर्स ल मोले बिर्सिए पनि | मलाई त भगवानले स्वार्थी बनायो तर तिमी त मा जस्तो छैनौ नि है |" शालु मलाई उसको मनमा उठेको तरङ्गहरु सुनाउदै थि| तर मलाई यसले मन्द बिष बनेर गलाउदै लैजादै थियो | " चुप लाग त शालु के बोलेको? तिमीलाई के हुन्छ र मा हुन्जेल?", मेरा लाचार शब्दले उनलाई जिस्कौदै थियो तर केवल बाहिर मात्र भित्र त म पनि आसु भक्कानिएर पिल्सिएको थिए | "ल अब तिमी घर जाऊ बाबा ममी तिमीलाई खोज्दै हुनु हुन्छ होला ",शालु लाई सम्झाउदै भने | ममी पनि कराउदै आउनु भयो," को हो नयन ? को सग बोलेको? " "शालु आकी थिँ अहिले भखरै गई", मैले जबाफ दिए | " त्यो केटी को पछी नलाग गई मैले भन्देको छ | कुन बेला मर्छे थाहा छैन , तेस्तो सग बिहे गरेर कति दिन खुसि हुन्छस?" दुख माथिको चट्याङ्ग बनेर आएको ममीको यो शब्द काट्ने म सग कुनै हतियार थिएन ,त्यसैले बाबा सग कुरो गर्छु भन्दै म घर भित्र पसे | के एउटी काल को मुखमा परेकी केटीलाई मैले माया गर्न हुदैन र? यस्तै कुरो मेरो मन मा खेली रहयो | अचानक मनमा बाढी आए जस्तो भयो ,"होइन आज बाबा चाही कहाँ जानु भयो?" उताबाट ममी आउनु हुदै थियो | मैले हतार हतार सोधे ,"बाबा कता जानु भयो ममी?" "खोइको बिरामी भएर अस्पताल जानु भाको छ रे किन बाबु बिना खान रुच्दैना तेरो?" ममीले जिस्किदै भानु भयो | "को बिरामी भयो?" मलाई कता कता डर लाग्यो कतै शालु त.....?" " होइन होइन तेरी शालुलाई केहि भाको छैन खुब के के न भाको जस्तो | होइन आज भोलिका केटा केटी के भाका बाबु आमाको मतलब छैन खुब तरुनीको पो ध्यान दिन्छन |", ममी फत्फतौदै गोठ तिर लाग्नु भयो |


"ममी बाबा राती आउनु भएन?", घामको किरणले चिर्दै गरेको बिहानीसगैको मेरो अन्जनताले ममीलाई खासै प्रभाब परेन | ममीले सहज रुपमा भन्नु भयो " अह ! आज आउनु हुन्छ होला |"
"साच्चै कसलाई के भाको रैछा त?", ममी को उत्तर झर्न नपाउदै मैले सोधे |
"हरे राम दाजु भिर बाट खस्नु भयो रे "
"शालुको बुबा?", म अड्किए | मुख सुकेर आयो |
धड्कन बढ्न थाल्यो अनि झटपट सोधे ," कस्तो छ अहिले काकालाई?"
ममीले अन्जन मुहार देखाउदै आफ्नो काममा लाग्नु भो र भन्दै हुन्थ्यो ," चिन्ता नगर केहि हुदैन |" सहानुभूतिको शब्दले मलाई सिटामोल को काम गरेन सायद मिति सकिएको सिटामोल रहेछ | हतार गर्दै बाबा आइपुग्नु भयो र मैले सोधे ," बाबा कस्तो छ काकालाई? "
बाबा को मुहार को निरासा र त्यो खुइले सबै उत्तर दियो मलाई ...............|
अब लाग्न थाल्यो म माथि कुनै बज्रपात पर्यो, होस हराए जस्तो लाग्न थाल्यो | सायद यो मेरो शालु माथीको माया पो थियो कि


"नरोउ शालु म छु नि ", मेरो मुखबाट अनायासै सहनुभुतीका शब्दहरु बगिरहेका थिए | लाग्दै थियो आज मैले आफ्नै परिवारको कसैलाई गुमाएको छु | बाबु को माया कति हुन्छ सायद मैले त्यस बेला मात्रै बुझेको थिए | शालु अब त बाबा खस्
नु भएको पनि १ महिना हुन लाग्यो तिमिले नै यसरी आफ्नो अवस्था बिगारेर बस्यौ भने काकीको झन हाल कस्तो होला ?" मेला पातमा अब शालु र मेरो यस्तै कुरा हुन्थे उ रोहिरहंथी म सम्झाई रहन्थे यसरी नै हाम्रो दैनिकी बित्ना थाल्यो | बिस्तारै बिस्तारै हामी एक अर्काको मायामा गसिदै थियौ तर ममी को त्यो तगारो कायम नै थियो, बाबा भने मेरै कुरोलाई सहि मान्नु हुन्थ्यो | दसैँ आयो तिहार आयो तर मेरी शालुलाई न मलाई हामीलाई त्यसले छुन सकेन |
"शालु तिमिलाई आजको हट न्युज थाहा छ ? "
"कस्तो हट न्युज नयन? "
"परीक्षाको समय तालिका आयो नि "
"११ को? ला ....... मलाई त केहि आउदैन कसरी परीक्षा दिनु? "
"हे के डराको म पनि तिमी जस्तै फेल हुने त हो नि "
"भयौको भन्दा तिमी फेल झुट बोल्न नखोज न "
यस्तै यस्तै कुराकानी हुदा हुदै परिक्षा पनि आयो दुवैले राम्रैसग परिक्षा दियौ तर अन्तिम दिन लेखा शास्त्रको परिक्षा दिएर बाहिर आउदा शालु थिनन् |साथी हरु लाई सोद्दा थाहा भयो उनि त अगाडी नै निस्किएर गैछिन् | "ठिकै छ आज एक्लै हिड्नु पर्ने भयो", आफै सग गफ गर्दै अगाडी बढिरहेको थिए तर कसैले मलाई पछाडी बाट बोलायो |
ए राम पो रहेछ , " के भयो राम किन चिच्याको "
"शालु खोइ?"
" खोइ शालुलाई आज के भयो छोडेर गैछे"
"तलाई थाहा छ आज त शालु रुदै निस्की नि क्लासबाट "
"साच्चै? किन के भएछ " छक्क पर्दै सोधे
" खोइ त्यो त मलाई नि थाहा छैन, म त तलाई थाहा होला भन्दै थिए ", उसले जबाफ फर्कायो |
हतार गर्दै उसको घरमा पुगेर काकीलाई सोधे तर शालु त घरमा पनि छैन होइन कहाँ गैछ |साझमा काकी चिच्याउदै आउनु भयो " नयन, शालु त घर आकै छैन हेर न कहाँ गइ होला |"

अचानक मोबाइल बज्न थाल्यो,"हेल्लो " डराउदै फोन उठाए |
"भाई शालुलाई चिन्छौ?"
ठुलो र धोद्रो स्वरले कता कता मनमा चिसो पस्दै थियो |
अक्मकौदै भने,"चिन्छु, किन?"
"बहिनी अहिले हस्पिटलमा छिन चाडो आउनुस| "
"ला के भयो शालुलाई" सायद फोन काट्टी सकेको थियो |
"काकी शालु हस्पिटलमा छे रे जाऊ छिटो" हात पाउ गलेर पनि मुख चल्दै थियो मेरो | थाहा भएन कसरी हस्पिटल पुगेछु , उसको लागि त हस्पिटल जानु मामा घर बराबर थियो सधै जानु पर्ने तर मलाई धेरै गार्हो लाग्थ्यो |
त्यतिकैमा पुलिस दाजुहरु आउनु भयो,"के बिराम थियो नानीलाई?"
बोल्न नि गार्हो मान्दै भने ,"मुटुको नशा फुटेको थियो तर कहाँ भेट्नु भयो हजुरहरुले ?"
"परिक्षा दिएर रुदै निस्किन र बाहिर आएर एक्कासी ढलिन अनि हामीले ल्याएको |"
"रुदै? किन के भएको थियो र?"
"साथीले परिक्षामा कपी हेरेछ, अनि किन देखाइस भनेर सर निकल्दिनु भएछ |"
"खादै नखाको बिषले मार्छ भन्थे हो रैछ बिचारी मेरी शालुले साहना सकिन होलि |"
"आफै भित्र बर्बरौदै रुदै थिए म, काकी त झन् बेहोसी हुनु भएछ "
बाबा र मम्मी पनि आइपुग्नु भयो |
डाक्टरले एक जनालाई भित्र आउन इशारा गरे|
"बाबा जानु तपाई"
मेरो अनुरोध मानेर बाबा जानु भयो |
बाबाको साथ शालुको लास?
.
.
.
.
.
.
.
सायद बेहोस भएछु उठ्दा घरमा थिए, सानो भाई छेउ मा थियो | म उठे पछि भाईले भन्यो दादा दादा शालु दिदि र काकी त भगवानको घर जानु भो त | शालुको लाश देखेर काकी पनि खस्नु भएछ अनि म पनि ढलेछु |
"शालु तिमि सगै मेरो खुसि र एउटा सिंगो परिवार लाग्यौ है,साच्चै कति स्वार्थी रहिछौ तिमि त मलाई एक्लो बनाएर गयौ | " मेरा बेदनाहरु पोखिदै थिए आफै भित्र अनि पोल्दै थिए आफ्नै मन रोदन रुपी आगोले| अनि बोल्दै थिए, "तिम्रै यादमा जलेरै बाच्छु शालु जति बाच्छु ............................"
.
.
.
.
(सायद आफ्नो मान्छे आफैबाट छुटेर जादा को पिडा पो हो कि यो ? के साँच्चो माया भनेको यहि हो त ?)

देश

बन्द गरेरै बाच्ने यो देशमा
मुलुक भत्काउनेहरुको भेषमा
आउ तिमी एउटा ढुंगा बोकेर
म साथ दिन्छु ईटले रिस पोखेर
यसरी नै देश बनाउ
नेपालमा आगो लगाउ

गल्ली गल्लीबाट भरैटे बोलाउ
बिकास र निर्माणको अस्तु सेलाउ
गर कत्ति गर्नु छ अत्यचार
सोझा जनता गर्दैनन् बिचार
यसरी नै देश बनाउ
नेपालमा आगो लगाउ

चुनाबको नाममा कुर्सीमा चढ्नु
सिंहदरबार पुगेर आँफैमा लडेनु
देशको बिकास गरेर कसले के पाको छ र
भन बरु मैले मात्र देशको नुन खाको छ र
यसरी नै देश बनाउ
नेपालमा आगो लगाउ

गाँउ गाँउका गोठाला संसद भबन छिराउ
ठुला ठुला उधोगीलाई चन्दा भत्त तिराउ
जनता अध्यारोमा हुन तिम्रो बत्ती बलेकै छ
पखालाले जनता मरुन तिम्रो घर चलेका छ
यसरी नै देश बनाउ
नेपालमा आगो लगाउ

रावण,सकुनी र मैसासुर भुल्ने काम गर
कमीसन आउने ठाउमा आफै अघि सर
बिदेशी अनुदानले पोल्टो भरी खाएकै छौ
सात जुनि पुग्ने धन जम्मा गर्न पाएकै छौ
यसरी नै देश बनाउ
नेपालमा आगो लगाउ

गजल

हरायौ कि कतै मन दुखेपछी आयौ
निष्टुरी झै बनी माया टुटेपछी आयौ
चिसो चिसो मौसममा न्यानो न्यानो माया
वादल भित्र घाम लुकेपछी आयौ

बेदनाको खाडलमा आंशु रुपी पानी भरे
टाडियौ कि कतै खाडल सुकेपछी आयौ

तिमी संग मायाको चंगा उडाउने सपना थियो
रिसाएर हो कि चंगा छुटेपछी आयौ

मन सग मन त जोड्ने प्रयास गर्दै थिए
तर खै किन दिल फुटेपछी आयौ

वियोगको बेदनामा शरीर ढल्दै गर्दा
खुसीले पो हो की लास उठेपछी आयौ

गजल

तिम्रो आसु पुछेर नि खुसि पार्न सकु
त्यो मनको दुखहरु अन्तै सार्न सकु

बरु आफु सधै भरि रोएर नि सानु
आखामा आउने तिम्रो आसु बार्न सकु

दुख रुपी संसारलाई पार गर्न गारो
यो यात्रामा तिमिलाई सगै तार्न सकु

रिस उठ्छ मान्छे भएछी के गर्छौ त सानु
तिम्र मनका रिस हरु मैले मार्न सकु

केहि गर्न सकिन भने पनि सानु
सधै भरि तिमिलाई खुसि पार्न सकु

प्रलय


".......आज डिसेम्बर २१ ,आज डिसेम्बर २१ ........"
कसैले हल्ला गर्दै थिए र मान्छेका आखामा प्रष्टै भय देखिन्थ्यो | बिशेष गरि बिरामी र उनिहरुका आफन्तहरुमा अनि केहि मात्रामा डाक्टर र म जस्ता नर्सहरुमा पनि |
"तपाइलाई कस्तो छ ?", वार्ड चेक गर्दै जादा एक बिरामीलाई सोधे |
"खै नानी बाचेकै छु भनु कि कालले लान सकेन भनु दोधारमा छु |"
उनले रमाइलो तरिकाबाट आफ्नो बिराम प्रति तिखो घोचो प्रहार गर्दा त्यसको पिडा मलाई पनि पर्दै थियो | एउटा मध्य स्तरको परिवारमा बाल-बच्चा कि आमा बिरामी अनि बुबा पनि सानैमा बितेका छोरा-छोरी गाऊमा अरुको सहारा मा ........|
सायदै अरुको दू;खमा आफ्नो भावना धेरै नै बगे छु जस्तो छ , आफैलाई रोक्दै र मनलाई सम्झाउदै थिए तर अचम्म अन्य बिरामीलाई जस्तो ति दिलमाया दिदिको आखामा संसार अन्त्य हुने डर थिएन न त मर्दै गरेको शरीरको नै पिडा थियो | चिन्ता थियो त केवल ति आफ्ना साना लाला बालाको जसको जीवन उनि सगै अस्पतालमा कैदी बनेर बसेको थियो | मैले हास्दै भने ," दिदि आज त सबै मरिन्छ रे नि है ?"
उनले ठाडो उतर दिदै भनिन," खोइ आफु त त्यसकै आशमा छु| "
एक समय मलाई तिनै दिदीले भनेकी थिन, उनको उपचारमा सबै सम्पति सकिएछ तर ति पापी मृगौलाले उनलाई सताउन कहिलै छाडेनन् रे |"छोरा छोरीलाई स्यार गरेर बस्ने बेलामा अस्पताल आएर बस्नु पर्यो सार्है पापी रहेछु म त",उनि भन्दै थिइन् |
उनको त्यो बेदनाले मलाई हरपल एउटा गरिब झुप्रोको दू:ख अबगत गराउदै थियो | एक्कासी कसैले पछाडीबाट बोलायो ," सिस्टर दिदिलाई कस्तो छ अहिले?"
दिलमाया दिदिका भाई रहेछन | अलिक ठिक हुदै छ भन्ने मेरो झिनो आश उनीलाई पनि बाढ्न भ्याए| उनले उपचारका लागि अलिकति बचेको घर खेत पनि बेचेर आएका रहेछन | रुदै सुनाए |
म त्यहाँबाट चाडै निस्कने प्रयास गर्दै अघि बढे, हुन त मेरो नाईट डिउटीको समय सकिएको थियो | म बिस्तारै घर तर्फ लागे | अलि अलि हुसु र ठिक्क चिसो , मौसम राम्रै मान्नु पर्छ| घर पुगेपछि त म पनि त्यहि भएको पछाडी लागेर होला घरबाट बाहिर निस्कने आट नै भएन |
साझ सगै फेरि अस्पतालको सम्झना अनि हतार हतार गर्दै लागे अस्पताल तिर| बाटोमा एउटा बालकले आफ्नो साथीलाई भन्दै थियो ," आज त ९:१५ मा प्रलय हुन्छ रे |" बाल बालिकामा परेको मानसिक प्रभाब थियो सायद यो | अस्पताल पुग्न्ना साथ पुन: बिरामीको स्याहार गर्न थाले तर पुन: अचम्म लाग्यो| बिहान त्यस्तो कालो अनुहार बनाउने दिलमाया दिदि निकै खुशी थिन| उनको त्यो खुशीमा मेरो मनले कुनै तरङ्ग जन्माउन सकेन, तरङ्ग जन्माउने पुरै प्रविधी नै पुरानो भैसकेछ क्यारे|
रात अन्धकारमय हुदै जादा बिरामीका कुरुवाको चहलपहल भने घट्दै थियो | परबाट तिनै दिलमाया दिदिका भाई आउदै थिए, अलिक हताश मुद्रामा .....| मलाई नै केहि भन्न आएका हुन् जस्तो पनि लाग्यो र सोधे ," के भो दाजु ?"
उनले भने," हेर्नु न सिस्टर दिदि कता जानु भो कता बेडमा त हुनु हुदैन | "
अर्को तर्फबाट आवाज आयो," यहाँ कोहि झुन्डिएको छ |"
साच्चै त्यहाँ दिलमाया दिदि नै थिन|आफ्नो सलको साहारामा सिडी मुनि उनले आत्महत्या गरिछन | म आफैमा एकोहोरिन पुगेछु | सोच्न पुगेछु , बाबु नभएका र आमाले पनि साथ छोडेपछि ति साना लाला-बालाको जीवनमा साच्चै प्रलय आएन र? लाग्यो उनीहरुको संसार अन्त्य भए जस्तै लाग्यो | कतैबाट मेरो आखा भित्तामा भएको घडीमा ठोकिन पुगेछ | त्यहाँ ९:१५ बजेको थियो, हो त्यहि ९:१५ जसले दिलमाया र उसको परिवारमा प्रलय ल्यायो |

गजल

तिमीलाई सम्झेर हाँस्न सकिन
प्वाल परेछ मुटु माया साँच्न सकिन

तिम्रो खुसीमा म पनि हाँस्थे सधै
तर तिमी डोली चढ्दा नाँच्न सकिन

तिमी अर्कैको पो भएर गयौ
तिम्रो जस्तो अन्तै माया भाच्न सकिन

टुटेर गएको मेरो मनको डोरी
अर्को मनको छेउमा गास्न सकिन

तिमी सग मेरो बिछोड काफी थियो
धोकेबाजको उपनाममा बाँच्न सकिन

तिमीलाई सम्झेर हाँस्न सकिन
प्वाल परेछ मुटु माया साँच्न सकिन

गजल

समयले छेके पनि
भुमी अर्कै टेके पनि

मातृभुमी एउटै भन्छन्
भाग्य अलग लेखे पनि

म पनि त नेपाली हो
रुप अर्कै देखे पनि

मलाई प्यारो आफ्नै भुमी
घामले जति सेके पनि

गजल


एक्कै रातमा यो कस्तो मोहनी लगायौ
तृष्णा र थकान खै कुन्नी कता भगायौ

म तिम्रो पछि पछि ऑउदै थिए
तर कुन्नी मेरो मायॉबाट कसरी पो अगायौ

रातो त्यो टिका तिम्लाई नसुहाएको होइन
तर मलाई सुन्दर भन्न किन सगायौ

नजिक हुन तिम्रो फोन नम्वर त माग्या थिए
मनै मागे जस्तो गरी किन हरायौ

तिमी टाढा हुने भएछी म पनि त परै बसेँ
तिमी आई बोल न भनि किन करायौ

कसम खाई भन मलाई मनमा राख्या छैन भने
होइन भने यो मनमा बसी किन डरायौ

गजल

तिम्रो मायामा पग्लीएछु, शहर भरेर आँए
मनै बाट उम्लीएछु, रहर भरेर आँए

अनेक थरी आए मनमा तृष्णा भरी भरी
तिम्लाई पाउने आसमा, लहर भरेर आँए

बसन्तको पालुवा झै नयाँ रुप बोकी
तिम्रै निम्ती रमाएछु, बहार भरेर आँए

भोकाएकी बाघीनीलाई उपहार बनी
आँफैलाई मारेर खै, आहार भरेर आँए

तिम्रो निम्ती अरु त के संसार छोड्न सक्छु
त्यसैले त सानु पेटमा, जहर भरेर आए

गजल

समय एउटा खेल रहेछ
कहिले कहि पाउने तेल रहेछ

थाहा हुनेले भने हुन्थ्यो
यो त एउटा भेल रहेछ

उफ्फ बिरक्त जीन्दगी
आँफै नि कुद्ने रेल रहेछ

निसासीएक बाँच्नु पर्ने
समय नै एउटा जेल रहेछ

हिड्न नसक्दा यसको पछी
मान्छेरो जीवन फेल रहेछ

त्यसैले होला यो समय
हर्स न बिस्मातको बेल रहेछ

*आँसुले भीजेका सेता धरती*

फहराउदो पहेंलो धोती
त्यसैमा किचीएको सेतो धरती
अनि किचीएका कंयौ रहर र कल्पना
झरी झै झरेका आमाका अरती
वालसुलभतामा पलाएका ठुला हुने चाहना
भर्भराउदा कलीला यौवन
अनि बिवसताले कुल्चीएको भबिष्य
त्यस माथीको पारीवारीक बन्धन
थाहै नपाई पाएको परायाको साथ
पारीवारीक बिवसतामा अल्झाएको जिवन
चट्टै टुट्ने काँचको धागो झै जोवन
र कैले आफ्ना लागी नआँउने यो बिहान
निष्टुर सपनाहरुको संसार
कालो अन्धाकार धारी विपना
रोधन भन्ने भाबीको लेखा
अनी आँफैमा बलात्कृत भएको चाहना
यस्तै रहेछ पापी दुनीया
सँधै बार्नु पर्ने सेतो बरखी
सात बर्षमा बिवाह नौँ बर्षमा बिधवा
भयो सधै सधैलाई जिवन सेतो धरती
सेतो धरती
सेतो धरती
सेतो धरती पढेपछी,

गजल

सोचे जस्तो हुन्न रैछ यो पापी जीवन
गंगाजलले धुन्न रैछ यो पापी जीवन

चोटै चोटले सजीएका फुलबारीका फुल झै
जाल नै मात्र बुन्न रैछ यो पापी जीवन

एक्लै मात्र नसकीने जीवनरेखा काट्न
केबल एकलाई चुन्न रैछ यो पापी जीवन

आँसु मात्र झार्छन् सबै बरीपरि सदा
दु:ख पिडा सुन्न रैछ यो पापी जीवन

मित्रु भन्दा धेरै धेरै हुन्छन् शत्रु मात्र
दुश्मन कमाइ गुन्न रैछ यो पापी जीवन

लोभै लोभमा अल्झीएका हाम्रा स्वार्थी नेता
यमराजले छुन्न रैछ यो पापी जीवन

जति नै पाप गरेको आँखा किन नहोस
कहीले नि रुन्न रैछ यो पापी जीवन